News Portal

तारा एयरको बेपत्ता जहाजको खोजी आज बिहानैबाट शुरु

हिमालीसंचार संवाददाता
२०६ पटक

काठमाडौं – तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । हिजोदेखि हराइरहेको जहाजको मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज हिजोदेखि बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रु सवार छन् । हिजो दिनभर खोजी गरिए पनि मौसमका कारण नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि उक्त क्षेत्रमा फेरि खोजी कार्य सुरु गरिएको हो ।

अझै पनी मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल मौसम खुल्ने सम्भावना कम छ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने,  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ‘हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।’ सेनाको हेलिकोप्टर बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...