News Portal

  • तारा एयरको बेपत्ता जहाजको खोजी आज बिहानैबाट शुरु

    हिमालीसंचार संवाददाता
    १६० पटक

    काठमाडौं – तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । हिजोदेखि हराइरहेको जहाजको मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।

    पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज हिजोदेखि बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रु सवार छन् । हिजो दिनभर खोजी गरिए पनि मौसमका कारण नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि उक्त क्षेत्रमा फेरि खोजी कार्य सुरु गरिएको हो ।

    अझै पनी मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल मौसम खुल्ने सम्भावना कम छ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने,  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ‘हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।’ सेनाको हेलिकोप्टर बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...