News Portal

  • मोरङको सुनबर्षीमा तुरुण दलद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १२४ पटक

    रबिन्द्र बराल/मोरङ –  गणतन्त्र दिवसको अवसरमा नेपाल तरुण दल सुनवर्षीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुनवर्षी ४ स्थित गोल गाउँमा पहिलोपटक खुला  रक्तदान  गरिएको हो।

    जिल्ला रेडक्रस विराटनगरको सहयोग तथा जयन स्वास्थ्य क्लिनिकको सहकार्यमा सो रक्तदान कार्यक्रम गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका वडा सभापति कृष्ण देव दास, वडा अध्यक्ष छेदि यादव, बिनोद राजवंशी, तरुण दलका सभापति जय प्रकाश राजवंशी, स्थानीय बिनोद यादव, कमल राजवंशी लगायतको उपस्थिति रहेको थियो । 

    गाउँ घरमा धेरै स्थानीय तथा सर्वसाधारणहरुलाई आफ्नो ब्डल ग्रुप समेत थहा नभएको र गाउँ घरमा कोहि विरामी पर्दा व्लडको आवश्यकता हुदा समेत कसैलाई आफ्नो ब्लड ग्रुप थहा नहुदा अन्यत्र खोज्नु पर्ने बाध्यता समेत रहेको तरुण दलका जयप्रकाशले बताए । जयन स्वास्थ्य क्लिनिकले उपस्थित भएका सबै स्थानीयहरुको निशुल्क ब्लड ग्रुप पहिचान गरिएको थिए । 

    कार्यक्रममा व्लड दिने स्थानीय युवाहरुलाई तरुण दलले प्रमाणपत्र समेत वितरण गरेका थिए । उक्त रक्तदानमा ५६ जना युवाहरुले रक्तदान गरेका  थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...