News Portal

जनमुखी तीन निर्णय गर्दै, वडाध्यक्ष राईले पदभार ग्रहण गरे

हिमालीसंचार संवाददाता
५२१ पटक

भोजपुर – भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. ३ का नवनिर्वाचित वडाध्यक्ष साङदेम्बा राईले जनमुखी तीन निर्णय सहित जनताको भावना र मर्मलाई बुझेर काम गर्ने र आफ्नो कार्यकाल भित्र सदैब जनताको सुख र दुखका सारथी बन्ने उद्घोष गर्दै पदभार ग्रहण गरेका छन्।  

वडाध्यक्ष राईले सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपांग भत्ता र एकल महिला बिधवा भत्ता) आफ्नै टोल टोलमा गएर वितरण गर्ने, वित्पन्न वर्गका नागरिकहरुको पहिचान गरी निशुल्क स्वास्थ्य विमा र गरिव तथा जेहेन्दार विधार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने महत्वपूर्ण तीन निर्णय सहित वडाध्यक्ष राईले पदभार ग्रहण गरेका हुन। 

युवा समाजसेवीको पहिचान बनाएको राईले स्थानीय तहको निर्वाचनमा षडानन्द नगरपालिका वडा नं. ३ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओबादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका राई सहित गठबन्धनका उम्मेदवारहरु प्यानलै बिजय भएका हुन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...