
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा मुल्य बृद्धिको बिरोधमा मसाल जुलस निकालिएको छ । खेलकुद महासंघ मोरङले रंगेलीमा मसाल जुलुस निकालेको हो ।
रंगेली नगरको बसपार्कदेखि सुरु गरेको मसाल जुलुसमा युवाहरुले बसपार्क, मुख्य बजार र कालिमंन्दिर प्राङ्गणमा पुगेर कोण सभा गरेका थिए ।
खेलकुद महासंघ मोरङको जिल्ला सचिव प्रकाश भट्टराईको नेतृत्वले गरेको बिरोध जुलुसमा ग्यास, पेट्रोल र डिजलमा सरकारले पटक पटक मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि खारेज गर जस्ता प्लेट कार्ड लिएर जुलुसमा सहभागि भएका थिए । मसाल जुलुस प्रहरी हस्तक्षेप गरेर खोसेको थियो ।