News Portal

कुवेतका तीन किराती संस्थाले मनाए एक साथ साकेला उभौली

हिमालीसंचार संवाददाता
७०८ पटक

कुवेत – कुबेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुबेत स्थित फाहाहिल कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम साकेला उभौली-५०८२ धुमधाम सङ्ग मनाए।

कार्यक्रमलाई किरात राई यायोक्खा कुवेतका सचिब रोशन राईले सञ्चालन गरेका थिए। कार्यक्रममा किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्वमा नेपाली दुतवास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो त्यसैगरी, एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामाको बिशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य माया चाम्लिङ राईद्वारा उपस्थिति सम्पूर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेकी थिईन्। कार्यक्रममा सभापती प्रमुख अतिथि बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरिएको थियो।
नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई मनोरन्जन दिएकाे थियो।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारन घलान, सुनुवार सेवा समाज शाखा कुवेतका अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बु, आदिवासी जनाजाती महासघ कुवेतको उपाध्यक्ष बल बहादुर काम्बाङ, नेपाली जन–सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही, विश्व नेपाली साहित्य समाज कुबेतका अध्यक्ष प्रेम कटुवाल, तमु समाज कुबेतका माहसचिब सुरेश गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापतित्व गर्नु भएको मन्जित चाम्लिङ राईले कार्यक्रम सफलताका साथ सम्पन्न सहयोगिहरु सबैप्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रमको समापन गरे।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...