News Portal

  • बराह सहकारी पिडीतहरुले नगर प्रमुख राईलाई ज्ञापन पत्र बुझाए, आवश्यक सहयोग गर्ने प्रतिबद्धता

    हिमालीसंचार संवाददाता
    १०९६ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई सार्वजनिक विदाको दिन बराह सहकारी पिडीतहरुको समस्या बुझ्न कार्यालय पुगेका छन्।

    धरानका बराह वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको आफ्नो वचत फिर्ता नपाएपछि संघर्ष गर्दै आएका पिडीतहरुको समस्या बुझ्न नगर प्रमुख राई आज शनिवार कार्यालय पुगेका हुन्। वचतकर्ताहरुले संघर्ष समिति बनाएर निरन्तर आफ्नो वचत रकम फिर्ता गर्न दवाव दिदै आएका समितिले नगर प्रमुख राईलाई आफ्नो वचत रकम फिर्ता गर्नका लागि पहल गराउन ज्ञापन पत्र बुझाएका छन् । 

    बराह पिडीतहरुले आगामी जेठ १८ गतेभित्र आफ्नो वचत रकम फिर्ता गर्न समय दिएका छन्। वचतकर्ताहरुले दिएको समयसिमाभित्र रकम फिर्ता नगरे संस्थाको बजारमा रहेका कम्प्लेक्स, बराह भवन, व्यापारिक भवन बन्द गर्ने चेतावनी दिएका छन्। 

    नगर प्रमुख राईले पिडीतहरुको कुरो सुनेपछि जबाफमा कानून र क्षेत्राधिकारभित्र रहेर आवश्याक पहल र सहयोग गर्ने आश्वसन दिदै धरानबासीको सबै खालको समस्या र सहयोग गर्नकै लागि निर्वाचित भएर आएको सुनाउदै न्याय दिलाउने बताए। 

    बराह पिडीतहरुलाई न्याय दिलाउन स्थानीय सरकारको कर्तव्य भएको बताएका नगर प्रमुख राईले ‘पिडीत संख्या, कुल रकम सम्पूर्ण विवरण दिनुस् नियम अनुसार पिडीतहरुलाई उचित न्याय प्रदान गर्नु स्थानीय सरकारको कर्तव्य हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...