News Portal

  • जन्मोत्सवको अबसरमा विनोद थापाले बिधालयमा गरे अक्षकोषको स्थापना

    हिमालीसंचार संवाददाता
    २१० पटक

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोक इंद्रावती गाउपालिका वार्ड नं ११ स्थित श्री परोपकार आधारभुत बिधालयका भुपु विधार्थी विनोद थापा (राजीव)ले आफ्नो जन्मोत्सवको अवसरमा अक्षयकोषको घोषणा स्थापना गरेका छन् ।

    आफुले अध्ययन सुरू गरेको बिधालयमा बिधार्थीको शैक्षिक उन्नति प्रगतिमा टेवा पुग्ने हेतुले जेहेनदार तथा अति बिपन्न बिधार्थीहरुका लागि एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका हुन् । हरेक वर्ष जेठ १३ गतेका दिन रू१,००००० (एकलाख) बाट प्राप्त ब्याज जेहेन्दार तथा उत्कृष्ट भाई बहिनीहरुलाई हरेक वर्ष शैक्षिक सामाग्री प्रदान गरिने  बताएका छन्।

    औपचारिक कार्यक्रममा आसन्न बैशाख ३० गते स्थानीय निर्वाचनमा विजयी हासिल गरेका इंद्रावती वडा नं. ११ का वडा अध्यक्ष रामजी माझी कार्यक्रमको प्रमुख अतिथी रूपमा अक्षकोष कर्ता बिनोद थापा ( राजिबलाई) वडा नं ११ मा शैक्षिक बिकास नया उदारणीय कामको थालनी गर्ने व्यक्ति भएकाले हार्दिक धन्यवाद दिएका थिए।  

    विशेष अतिथिमा विधालय व्यावस्थापन समितिका अध्यक्ष शरण प्रसाद न्योपानेले बिधालय स्थापना भएको ३२ वर्षमा नया कामको सुरूवातले आफु धेरै आभारी भएको शिक्षक, अभिभावक बिधार्थी बिच खुशी व्यक्त गरेका थिए। 

    अतिथि  तथा बिधालयका प्रसाशन बिदुर नेपालले आफुले अध्यापन गराएको पूर्व बिध्यार्थी बिनोद थापा (राजिव) जस्ता अरू पाँच दश जना जम्मिनु पर्छ जस अनुरूप यस परोकार आधारभुत बिधालयको भविष्य छिटै उन्नति प्रगति हुने विश्वास व्यक्त गरेका थिए।

    अतिथिका रूपमा महिला प्रतिनिधि लाल कुमारी अधिकारीले जन्म दिनको शूभकामनाका साथै हाम्रो ठाउमा यस्ता मनकारी भावना भएका ब्यक्तित्व प्राप्त गर्दा खुसी ब्याक्त गरेकी थिइन्। 

    कार्यक्रममा अतिथि कै क्रममा स्वदेश विदेश जहाँ रहे पनी आफ्नो गाउठाउलाई हाम्रो पालामा हाँमीले नगरे कसले गर्छ। आगामी दिनमा इंद्रावती ११ का सबै बिधालय तथा अन्य क्षेत्रमा यस्तै पवित्र काम गर्नुस भन्ने आशिर्वाद तथा जन्म दिनको शूभकामना उत्तम थापाले दिए। 

    अन्त्यमा अक्षयकोष दाता थापाले विधालय व्यावस्थापन समिति, अभिभावक र विधार्थीहरुमा यसरी अमुल्य सल्लाह, सुझाप र समाजका लागि हातेमालो गर्न पाउदा खुशी व्यक्त गरेका थापाले निकटक भविष्यमा सकयोगका लागि प्रतिबद्ध रहेको बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...