News Portal

धरानका नगर प्रमुख राईले झाडु बोकेर भानु चौक सरसफाई गरे

हिमालीसंचार संवाददाता
२६३ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) धराको भानु चौकमा झाडु बोकर सरसफाई गर्न पुगेका छन् । नगर प्रमुख राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित पुगी सरसफाई गरेका हुन्।

नगर प्रमुख राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् भने नगर प्रमुख राई आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न पुगेका नगर प्रमुख राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

बुधबारै नगर प्रमुख राईले बिहिबार हुने सरसफाई कार्यक्रममा सहभागि हुन सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सहभागिहुन अनुरोध गरेका थिए । अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन दिएका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक सौचालयको समेत निरीक्षण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...