News Portal

मोरङमा एमालेको विजय जुलुस सहितको ट्याक्टर दुर्घटना १३ जना घाइते

हिमालीसंचार संवाददाता
२६४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं. ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएका ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका छन ।

जुलुसका लागि को २ च १४३७ नम्बरको ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो । विजय जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टदा १३ जना घाइते भएका हुन्। दुर्घटना २६ बर्षीय जलन्धर राजवंशी र ४० बर्षीय राज कुमार सहनीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नोवेल अस्पताल विराटनगर रिफर गरिएको रंगेली अस्पतालले जनाएको छ ।   

एमालेका विजय जुलुसमा घाइते भएका स्थानीयलाई एमालेबाट निर्वाचित भएका मेयर श्याम राजवंशी, उपमेयर मिरा दास अन्य वडाका वडाध्यक्षहरु घाइते भएकाहरुलाई भेट्नेका अस्पताल पुगेका थिए । दुर्घटनामा ११ जना अबस्था सामान्य रहेको छ। उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...