News Portal

  • मोरङमा एमालेको विजय जुलुस सहितको ट्याक्टर दुर्घटना १३ जना घाइते

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं. ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएका ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका छन ।

    जुलुसका लागि को २ च १४३७ नम्बरको ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो । विजय जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टदा १३ जना घाइते भएका हुन्। दुर्घटना २६ बर्षीय जलन्धर राजवंशी र ४० बर्षीय राज कुमार सहनीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नोवेल अस्पताल विराटनगर रिफर गरिएको रंगेली अस्पतालले जनाएको छ ।   

    एमालेका विजय जुलुसमा घाइते भएका स्थानीयलाई एमालेबाट निर्वाचित भएका मेयर श्याम राजवंशी, उपमेयर मिरा दास अन्य वडाका वडाध्यक्षहरु घाइते भएकाहरुलाई भेट्नेका अस्पताल पुगेका थिए । दुर्घटनामा ११ जना अबस्था सामान्य रहेको छ। उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...