News Portal

सिंहदरबार भितेर रुखको हाँगाले लाग्दा एक कर्मचारीको मृत्यु

हिमालीसंचार संवाददाता
१९१ पटक

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा विजय कार्कीको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार बुधबार साँझ ७:४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए ।

तत्काल उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको मैनालीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...