News Portal

पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्म स्थगित

हिमालीसंचार संवाददाता
१९५ पटक

पोखरा – अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ 

‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ हटाउनु भएको रहेछ, अर्को हप्ता फेरि सुनुवाइ हुनेछ’ उनले भने । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...