News Portal

सरकारले फेरि बढायो सार्वजनिक गाडीको भाडा, जेठ पहिलो हप्तादेखि लागू

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं  – नेपाल सरकारले सार्वजनिक यातायातको पुन: भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ४ जेठबाटै लागु हुने भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौंबाट इलाम पुग्न १९२५ रुपैयाँ लाग्ने छ । यसअघि १८६० रुपैयाँ थियो । काठमाडौंबाट सुदुरपश्चिमको सिलगढी पुग्न २३९३ रुपैयाँ लाग्ने छ । यसअघि २३१२ रुपैयाँ भाडा थियो । विभागका अनुसार छोटो दूरीको सवारी भाडा भने बढेको छैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...