News Portal

धरानको मत गणना सुस्त तगिमा, हिजो ८ सय मात्र गणना भयो

हिमालीसंचार संवाददाता
२३६ पटक

धरान – स्थानीय तहको निर्वाचन पश्चत मुलुकभर मत गणना जारी छ। धरानमा गत शनिबार बिहान पौने ११ बजेतिर मतगणना शुरु भएको धरानमा वडा नं. १, २ र ३ बाट मत गणना शुरु गरिएको मत गणना धेरै सुस्त रहेको छ।

धरानमा सर्वदलिय बैठकले निर्णय गरेको निर्धारित समयभन्दा करिब ३ घण्टा ढिला गरी धरानमा मतगणना शुरु भएको धरानमा मतदाताहरु समाचार हेर्नमा उद्धत थिए। तर, धरानमा १२ धण्टा भित्र ८ सय मात्र मत गणना भएको छ।

धरानको वडा नं ३ मा मतदाता संख्या ३१२१ रहेको वडामा मतदानमा १९८७ मत खसेको थियो । धरानको मत गणना धेरै सुस्त गणना भएको छ। धरानमा १२ घण्टा भित्र ८ सय मात्र मत गणना सकिएको छ। 

गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ३०८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २०७ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले १६९ मत पाएकी छिन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३४० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार पदम इस्वोले २११ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाको हलोका उपमेयर पदका उम्मेदवार २७ मत र स्वतन्त्र उम्मेदवार लौरोले २७ मत प्राप्त गरेका छन् ।

यस्तै, वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विद्या शाक्यलले ४४३ मत, एमालेका उम्मेदवार सुयोग पाख्रिनले २६१ मत प्राप्च गरेका छन् । वडाअध्यक्षमा राप्रपाले १८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...