News Portal

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस वीपीका भण्डारी निर्वाचित

हिमालीसंचार संवाददाता
१९६ पटक

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेस पराजित भए। देउवाको गृह वडामा कांग्रेस वीपीका नरेश भण्डारी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस वीपीका तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेको कांग्रेस वीपीले सभापति देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

देउवाको गृह पालिका गन्यापधुरा–१ मा पर्दछ । उक्त वडाबाट कांग्रेस वीपाबाट विजयी भण्डारीले ६७३ मत ल्याएका छन् । उनीसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । चन्दले ५४४ मत ल्याएका थिए । कांग्रेस वीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...