News Portal

धरान उपमहानगरपालिका धरानको मतगणना भोली विहान शुरु हुने

हिमालीसंचार संवाददाता
४३२ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा आज सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना भोली विहान हुने भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहेकाले भोली विहान मात्र मतगणना शुरु हुने जानकारी दिए ।

उनका अनुसार बिहिबार भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकले पनि शनिबार बिहान ८ बजेदेखि मात्र मतगणना शुरु गर्ने निर्णय गरेको थियो । अहिले ‘मतपेटिका जिम्मा लिने काम भइरहेको छ । मतगणना भोली बिहानदेखि मात्र शुरु हुन्छ। यो हिजो कै निर्णय हो,’ नेपालले भने । निर्वाचन अधिकृत नेपालले बिहान उम्मेदवार, राजनीतिक दलहरुलाई जानकारी दिएको बताए। 

धरान उपमहानगरपालिका धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । अहिलेसम्म पनि निर्वाचन अधिकृतको कार्यालयले विवरण उपलब्ध गराउ सकेको छैन । मतदानस्थलबाट मतपेटिका संकलन र भण्डारणमा समय लागिरहेको कारण मतदान अधिकृतहरुबाट सहि तथ्यांक लिन समय लागेकोले उक्त संख्या उपलब्ध गराउन ढिलाई भएको अधिकृत नेपालले बताए । 

निर्वाचन कार्यालयले आज खसेको कुल मत आधिकारिकरुपमा उपलब्ध नगराए पनि राजनीतिक दलका नेता, कार्यकर्ताहरुले भने अनुमानित आफैले सामाजिक सञ्जालमार्फत आज धरानमा खसेको मत सार्वजनिक गरिरहेका छन् । तर उनीहरुले सार्वजनिक गरेका मत परिणाम एक रुपता छैन। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...