News Portal

  • सुर्खेतमा मोटरसाईकल दुर्घटना हुदा सहायक मतदान अधिकृतको मृत्यु

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो।

    उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैठौं अधिकृत हुन्। उनी वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए। मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको थियो। मोटरसाईकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोकिदा ढकालको घटनास्थलमै मृत्यु भएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...