
काठमाडौं – गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
