News Portal

  • सुनसरीको एक मतदान केन्द्रमा राइफल पड्किदा भागडौड

    हिमालीसंचार संवाददाता
    ४३३ पटक

    धरान – सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालयको मतदानस्थलमा सुरक्षामा खटिएका सुरक्षाकार्मीले बोकेको राइफल अचानक पड्किदा भागडौड भएको छ।

    जवानले बोकेको राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको हो।

    घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राइफल के कारणले पड्किएको भन्ने खुलेको छैन । घटनाले मतदान प्रक्रियामा भने कुनै असर गरेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले घटनाका बारेमा थप अनुसन्धान हुने बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...