News Portal

एनआरएनए एनसीसीहरुको बृहत भेला 

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाण्डौं – गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले आगामी मे १२ बिहिबार राष्ट्रिय समन्वय परिषदहरुको एक वृहत भेला गर्ने भएको छ । संघद्धारा गत मे ८ मा प्रेषित आधिकारिक पत्रमा आइसीसीको उक्त कार्यक्रमबारे जानकारी गराइएको हो।

महासचिव जानकी गुरुङद्धारा हस्ताक्षरित पत्रको सुरुमा कार्यकाल २०२१–२३ का सफलताको लागि नवनिर्वाचित केन्द्रीय समितिले सबै एनसीसीहरुलाई शुभकामना व्यक्त गरेको छ । त्यस्तै, पत्रले गत अप्रिल २२ का दिन महासचिव गुरुङद्धारा एनसीसीहरुसंग चालू कार्यकालमा सहकार्य र समन्वयका लागि गतिविधिहरु बढाउन जारी गरिएको पत्रको स्मरण पनि गराएको छ।

पत्रमा भनिएको छ – २०२१ अक्टोबरमा सम्पन्न हुन नसकेको संघको १० औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन राष्ट्रिय समन्वय परिषदहरुको मार्च ६, २०२२ मा सम्पन्न बैठकको निर्णय तथा संघको विधानको धारा १६.१.४ ले दिएको अधिकार एवं नेपाल सरकार परराष्ट्र मन्त्रालयको प.सं २०७८।७९/NRN/10th Conference च.नं. ३२८५ मिति २०७८।०८।०३ को पत्र अनुसार संघका प्रमुख संरक्षक डा. शेष घलेज्यूद्वारा आह्वान भई २०२२ मार्च २२ देखि २५ सम्म बिधिसम्मत रुपमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भई श्री बिनोद कुँवरज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

पत्रमा वर्तमान आइसीसीले समय र परिस्थिति अनुसार परिमार्जित कार्यविधि, नियमावली तय गर्दै एनसीसी र आइसीसी बीच आपसी साझेदारीमा काम गर्ने योजना तय गरेको जानकारी गराइएको छ। त्यस्तै, एनसीसी दर्ता भएको सम्बन्धित देशको कानून र गैर–आवासीय नेपाली संघको उदेश्य मुताविक रहेर गैर–आवासीय नेपालीहरुका प्रमुख मुद्धाहरुको समाधान गर्न जरुरी भएको उल्लेख छ । त्यसका लागि नेपाल सरकारसंग सहकार्य गर्न र साझेदारीको आधारमा एनसीसीहरुसंग थुप्रै कार्यहरु गर्न आवश्यक भएको भन्दै तत् विषयमा आवश्यक निर्णय गरेर १५ मे, २०२२ भित्र आइसीसीलाई निर्णय गरि पठाउन अनुरोध गरिएको छ।

यसै सम्बन्धमा थप जानकारी दिन र यहाँहरुका केहि जिज्ञासाहरु भएमा त्यसको संवोधन गर्ने चहाना अनुसार आगामी १२ मे, २०२२ मा एक बृहद राष्ट्रिय समन्वय परिषद्हरुका भेला आयोजना गर्न लागिएकोले त्यसमा यहाँहरुका अमूल्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं – पत्रमा भनिएको छ।

बिहिबार मे १२ को दिन नेपाल समय अपरान्ह ५ बजे सुरु हुने सो भेलालाई संवोधन गर्न निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले र निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष श्री देव मान हिराचनज्यूको उपस्थिति रहने भएको छ। जूमद्धारा उपस्थिति जनाउनका लागि मीटिङ आइडी 916 8061 9143 Passcode: 1001 उपलब्ध गराइएको छ।

प्रतिकृया दिनुहोस्

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...