News Portal

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु भएको विभागले जनाएको छ।

अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिए।

यो वर्षभरिमा ५० लाख कार्ड आपूर्ति गर्ने विभागको लक्ष्य छ। मेसिनले एक घण्टामा ११ वटा कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ। विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर, डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सकेको छ।

त्यस्तै, ३३४ पालिका र तीन हजार ४५ वडामा अभियान सम्पन्न भएको महानिर्देशक भट्टराईले जानकारी दिए। अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ।

राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भई राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ।

‘सीएमआईएस’ प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको र भीईआरएसपी–एमआईएस प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...