News Portal

  • खोटाङमा मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    खोटाङ – खोटाङ जिल्लामा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

    आगामी बैसाख ३० गते हुन लागम रहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले मंगलबार राती १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि जिल्लाभित्र मादक पदार्थ ओसार पसार, विक्री वितरण र सेवन कार्य नगर्न-नगराउन भनेको हो ।

    प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसार पसार, विक्री वितरण र सेवनमा कडाइ गरिएको उल्लेख छ ।

    जिल्ला प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राती १० बजेसम्म सुरक्षा निकाय, एम्बूलेन्स, दमकल, विद्युत सेवा, अस्पताल सेवा, शव बाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधनहरु सञ्चालनमा समेत रोक लगाएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...