News Portal

१३ औं दक्षिण एसियाली खेलकुद साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाडौं – एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।

केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभु लतितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  प्रहरीले जनाएको छ।

‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, घटनास्थलमा पुगेर हेर्दा मृत अवस्थामा हामीले फेला पार्‍यौं’, महालक्ष्मी प्रहरी चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिए। प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थायी ठेगाना बाँकेको राप्ती सोनारी गाँउपालिका घर भएकी  २३ वर्षिया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्। एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...