News Portal

  • सामाजिक सञ्जालमा अझै, निरन्तर अनफलो अनलाइन खबर ट्रेन्ड

    हिमालीसंचार संवाददाता
    १६० पटक

    काठमाडौँ–  काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ लाइक गुमाएको छ । अनलाइन खबरले बालेन शाहले चुनाव प्रचार प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो।

    अनलाइन खबरमा समाचार आएपछि क्रुदभएका बालेन शारका समर्थित युवाहरूले अनलाइन खबरका पेजलाई अनलाइक गर्ने ट्रेन्ड चलाएपछि अनलाइन खबरले लाखौँ फलोअर्स गुमाएको हो।

    मेन्स रूम रिलेडेड ग्रुपबाट सुरु भएको अनफलो ट्रेन्ड सामाजिक सञ्जालका लोकप्रिय रहेका पूर्वसचिव भीम उपाध्यायले समेत बालेन शाहलाई साथ दिएपछि सो अनलाइनले २ दिनभित्र लाखौँ फ्यान गुमाउन पुगेको हो । उपाध्यायले राष्ट्रियकलाकारहरुको फोटो सामाजिक संजाल फेसबुकमा राख्दै थप भनेका छन् “राष्ट्रिय झण्डाको सम्मान गर्ने भनेको सबैले कॉधमा बोक्ने र मनमा राख्ने हो।” हालसम्म पनी फेसबुक पेजबाट पल पलमा फलोअर्स घट्ने क्रम जारी रहेको छ। 

    अत्याधिक अनफलो भएपछि अनलाइन खबरले बालेन शाहको सकारात्मक समाचारलाई मात्रै पुन सेयर गर्न थालेको छ। यसबाट झन् रिसाएका युवाहरूले अनफलो ट्रेन्ड सबै ग्रुपहरूमा समेत सेयर गर्न थालेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...