News Portal

सामाजिक सञ्जालमा अझै, निरन्तर अनफलो अनलाइन खबर ट्रेन्ड

हिमालीसंचार संवाददाता
२३३ पटक

काठमाडौँ–  काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ लाइक गुमाएको छ । अनलाइन खबरले बालेन शाहले चुनाव प्रचार प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो।

अनलाइन खबरमा समाचार आएपछि क्रुदभएका बालेन शारका समर्थित युवाहरूले अनलाइन खबरका पेजलाई अनलाइक गर्ने ट्रेन्ड चलाएपछि अनलाइन खबरले लाखौँ फलोअर्स गुमाएको हो।

मेन्स रूम रिलेडेड ग्रुपबाट सुरु भएको अनफलो ट्रेन्ड सामाजिक सञ्जालका लोकप्रिय रहेका पूर्वसचिव भीम उपाध्यायले समेत बालेन शाहलाई साथ दिएपछि सो अनलाइनले २ दिनभित्र लाखौँ फ्यान गुमाउन पुगेको हो । उपाध्यायले राष्ट्रियकलाकारहरुको फोटो सामाजिक संजाल फेसबुकमा राख्दै थप भनेका छन् “राष्ट्रिय झण्डाको सम्मान गर्ने भनेको सबैले कॉधमा बोक्ने र मनमा राख्ने हो।” हालसम्म पनी फेसबुक पेजबाट पल पलमा फलोअर्स घट्ने क्रम जारी रहेको छ। 

अत्याधिक अनफलो भएपछि अनलाइन खबरले बालेन शाहको सकारात्मक समाचारलाई मात्रै पुन सेयर गर्न थालेको छ। यसबाट झन् रिसाएका युवाहरूले अनफलो ट्रेन्ड सबै ग्रुपहरूमा समेत सेयर गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...