News Portal

प्याजका यस्ता छन स्वास्थ्यको लागि लाभदायक गुणहरु

हिमालीसंचार संवाददाता
४१३ पटक

विश्वमा सबैभन्दा बढी मात्रामा खाइने तरकारीमा प्याज पनि पर्दछ । विश्वका प्राय सबै भान्सामा प्याजको प्रयोग हुन्छ । तर कतिपयले यसको गन्धका कारण यसको सेवनबाट हच्किने गर्दछन् । तर प्याज सेवनका फाइदा भने अनगिन्ती छन् ।

प्याज स्वादिलो र राम्रो तरकारी मात्र होइन, अति राम्रो औषधि पनि हो । प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ । यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ ।

प्याजमा गन्ध हुनुमा यसमा एनप्रोपाइल डाइसल्फाइड कारक हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्ल माथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ । तर यसको सेवनले भने स्वास्थ्यमा धेरै लाभहरु दिलाउँछ ।

१. चिकित्सकका अनुसार प्याजको नियमित सेवने ग्यास्ट्रिक, अल्सरबाट हुनबाट बचाउँछ ।

२. यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुन्छ ।

३. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।

४. यसले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा समेत कमी ल्याउँछ ।

५. यसमा हुने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणले संक्रमणको जोखिमक कम गर्दछ ।

६. यसको सेवन अजीर्ण, खाना नरुच्ने, नपच्ने र झाडापखालामा पनि उपयोगी हुन्छ ।

७. प्याजलाई जीवाणुरोधी, तनावरोधी, पीडानाशक समेत मानिन्छ ।

८. यसको सेवनले मधुमेह, पत्थरी र वाथमा समेत उपयोगी मानिन्छ ।

९. प्याजको सेवनले शरिरमा हुने गर्मीमा नियन्त्रण पाउन सकिन्छ।

१०. यसको सेवनले राम्रो निन्द्रा पर्ने जनविश्वास समेत छ । 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...