News Portal

तपाई ओछ्यानको तन्ना यति धेरै दिनमा फेर्नुहुन्छ भने होसियार हुनुहोस्

हिमालीसंचार संवाददाता
५११ पटक

काठमाडौं –  तपाई कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ । तर यो विषय हरेक मानिसलाई असर गर्ने विषय हो। हालै बेलायतका २,२५० वयस्कमा गरिएको सर्वेक्षणले ओछ्यानका तन्ना कति दिनमा फेर्नुपर्छ भन्ने एउटै मत नभएको पाइएको छ।

चाख लाग्दो कुरा के छ भने, सो सर्वेक्षणमा झन्डै आधा अविवाहित पुरुषले करिब चार महिनासम्म आफ्नो तन्ना नधोएको बताए। १२ प्रतिशत मानिसहरूले तन्ना गनाउन थालेपछि मात्र धुने वा तन्ना धुनुपर्ने समय आएको विचार आउने बताएका छन्। 

तन्ना धुने अवधि केहीका लागि थप लामो हुन सक्छ। मनोवैज्ञानिक, न्युरो वैज्ञानिक र निन्द्रा विशेषज्ञ डा. लिन्डसे ब्राउनिङ ढिलो तन्ना धुनु बानीलाई राम्रो मान्दैनन्। 

किन तन्ना चाडै बदल्नुपर्छ ? 

एक कम्पनीका अनुसार एक्लै बस्ने महिलाले पुरुषभन्दा विपरित धेरै पटक तन्ना फेर्ने गर्छन् । कम्पनीको तथ्याङ्कअनुसार ६२ प्रतिशत महिलाले हरेक दुई हप्तामा आफ्नो ओछयान धुने गर्छन् । जबकि दम्पतीको हकमा यो अन्तराल तीन हप्ताको हुन्छ । 

डाक्टर ब्राउनिङका अनुसार हामीले एक वा दुई हप्तामा आफ्नो ओछ्यानको तन्ना बदल्नुपर्छ। आखिर किन त ? हरेक मानिसको शरीरबाट पसिना निस्कन्छ, जुन सुत्दा तन्नामा पनि टासिन्छ। गर्मीमा हामीले नै शरीरबाट निस्कने पसिनाले ओछ्यानलाई भिजाएको देखेको हुन्छौं । 

डा. ब्राउनिङका अनुसार पसिनाले गर्दा तन्नामा दुर्गन्ध आउँछ। ‘राम्रोसँग निद्रा लाग्नको लागि हामीले सुत्दा चिसो महसुस गर्नुपर्छ, जसका लागि हावा चाहिन्छ। सुतेको समयमा पसिना मात्रै होइन हाम्रो छालाका मृत कोशिकाहरू पनि निस्किरहेको हुन्छ, ’ डा. ब्राउनिङले भनिन् । 

तन्ना छिटो छिटो धोइउन भने तिनमा मृत कोशिका जम्मा हुदै जान्छ। ती मृत कोशिकाहरुमा उडुस्जस्ता साना जीव आकर्षित हुन्छन्। जसले टोक्छन् र छालामा दाग बसाइदिन्छन् । 

तन्ना जाडोमा ढिलो धोए पनि हुन्छ ? 

‘जाडोमा केही ढिलो धुँदा त्यति असर गर्दैन तर त्यस समय पनि दुई हप्ताभन्दा बढि समयमा तन्ना फर्दा समस्या आउछ ,’ डा. ब्राउनिङले बताइन्। जाडोमा हाम्रो शरीरमा पसिना कम आउने भए पनि त्यस समयमा छालाका मृत कोशिका निस्कने क्रम समान हुन्छ। मतसर्वेक्षणमा १८ प्रतिशत मानिसले सुत्नुअघि नुहाउने भएकाले बेडसिट ढिलो फेर्ने गरेको बताए ।

गर्मीमा फूलका धुलो र परागकणजस्ता मसिना कणहरु फैलिने गर्छ । त्यसले गर्दा पनि तन्ना छिटो धुनुपर्ने हुन्छ। नियमित रूपमा तन्ना नधुनेहरुलाई एलर्जी र धेरै प्रकारका स्वास्थ्य समस्या हुने डा. ब्राउनिङले बताइन् । 

सुत्ने कोठा आरामदायी हुनुपर्छ

पिन्जुना लेननले लिएको सर्वेक्षणमा ६७ प्रतिशत मानिसले बेडसिट परिवर्तन नगर्नुको कारण पहिले धोएको समय बिर्सनु रहेको बताए । त्यसैगरी ३५ प्रतिशतले लापरवाही र २२ प्रतिशतले अन्य सफा बेडसिट नपाएकाले छिट्टै तन्ना नफेर्ने गरेको कारण दिए। त्यस्तै ३८ प्रतिशतले बारम्बार धुनु नपर्ने सोचका कारण नधोको बताएका थिए ।

डा. ब्राउनिङ राम्रो निन्द्र्राको लागि शयनकक्ष आरामदायी हुनुपर्ने बताउछिन्। ‘ओछ्यानमा सुतेको समयमा हामीलाई शान्ति, आराम र आनन्द महसुस हुनुपर्छ। सफा तन्नाबाट आउने बास्नाले नै हामीलाई शान्त र खुसी हुन मद्दत गर्छ,’ डा. ब्राउनिङले भनिन्। 

बीबीसी हिन्दीबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...