News Portal

  • इटहरीका एपेक्स अस्पतालमा नारावाजी, चिकित्सकको लापर्वाहीका कारण विरामीको मृत्यु भएको आरोप

    हिमालीसंचार संवाददाता
    १४५ पटक

    इटहरी – इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन । चिकित्सकको लापर्वाहिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

    मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षीय युवक जोनसोन राईको उपचारका लागि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो । सामान्य अवस्थाको बिरामीलाई अस्पतालको लापर्वाहीका कारण राईको मृत्यु भएको आफन्तहरूले आरोप लगाउदै अस्पताल बाहिर नारावाजि गरेका हुन् । 

    राईले पेट दुख्यो भनि अस्पताल भर्ना गरिएको विरामी राईलाई चिकित्सकहरूले इजेक्सन दिएको केही समयमा विरामी राईको मृत्यु भएको मृतकको काकी आरती लिम्बुले हिमालीसंचारडटकमसंग बताइन ।

    विरामी राईको मृत्यु भइसकेको परिवार श्रोतले दावी गरेपनी अस्पताल प्रसाशनले भने अहिलेसम्म विरामीको अबस्थाको बारेमा केहि खुलाएको छैन । अस्पताल परिसरमा जम्मा भएको भिडलाई नियन्त्रण गर्न र थप क्षति हुन नदिन प्रहरी परिचालन गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...