News Portal

इटहरीका एपेक्स अस्पतालमा नारावाजी, चिकित्सकको लापर्वाहीका कारण विरामीको मृत्यु भएको आरोप

हिमालीसंचार संवाददाता
२१९ पटक

इटहरी – इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन । चिकित्सकको लापर्वाहिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षीय युवक जोनसोन राईको उपचारका लागि शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो । सामान्य अवस्थाको बिरामीलाई अस्पतालको लापर्वाहीका कारण राईको मृत्यु भएको आफन्तहरूले आरोप लगाउदै अस्पताल बाहिर नारावाजि गरेका हुन् । 

राईले पेट दुख्यो भनि अस्पताल भर्ना गरिएको विरामी राईलाई चिकित्सकहरूले इजेक्सन दिएको केही समयमा विरामी राईको मृत्यु भएको मृतकको काकी आरती लिम्बुले हिमालीसंचारडटकमसंग बताइन ।

विरामी राईको मृत्यु भइसकेको परिवार श्रोतले दावी गरेपनी अस्पताल प्रसाशनले भने अहिलेसम्म विरामीको अबस्थाको बारेमा केहि खुलाएको छैन । अस्पताल परिसरमा जम्मा भएको भिडलाई नियन्त्रण गर्न र थप क्षति हुन नदिन प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...