News Portal

  • गाजरले क्यान्सरदेखि विभिन्न रोगबाट बचाउँछ

    हिमालीसंचार संवाददाता
    ३०२ पटक

    गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन के पनि पाइन्छ ।

    सामान्यत; सलादको रुपमा प्रयोग गरिने गाजरको प्रयोग गर्ने गरिन्छ । जसले मानव शरीरलाई थुप्रै रोगबाट बच्न मद्दत गर्छ ।

    क्यान्सरसँग लड्नः गाजरमा हुने भिटामिन ए, सी र बी ६ ले स्तन क्याक्सर, फोक्सोको क्यान्सर जस्ता क्यान्सरबाट बचाउँछ ।

    मुटुको रोगबाट बच्नः फाइबर र पोटाशियमले भरिएको गाजर खादाँ मुटु पनि स्वस्थ हुन्छ । यसले हाइपरटेन्शनबाट पनि बचाउँछ । रक्तचाप सन्तुलन राख्न र हृदयघातबाट बच्नको लागि गाजर खानुपर्छ ।

    तौल कम गर्नः यदि तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खानामा गाजर पनि सामेल गराउनुस् । तौल घटाउनको लागि गाजर बरदान साबित हुनसक्छ । गाजरमा क्यालोरीको मात्रा कम हुने भएकाले तौल कम गर्न गाजर खाने गर्नुपर्छ । गाजरबाट भिटामिन सी धेरै पाइने भएकाले तौल नियन्त्रण गर्न लाभदायी हुन्छ । त्यसको लागि गाजरलाई तरकारी वा सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।

    यसैगरी गाजरमा मिनरल्सको मात्रा पनि उत्तिकै हुने भएकाले यसले हाइड्रोजन नियन्त्रण गर्छ । त्यसैगरी, गाजरको सेवन गर्दा इलेक्ट्रोलायट लेवल नियन्त्रण हुन्छ ।

    जवान देखिनः गाजरमा हुने भिटामिन सीले कोशिकाहरुलाई छिटटै मर्न दिदैँन जसले गर्दा लामो समय जवान देखिन मद्दत गर्छ ।

    गर्भपतन रोक्नः फिटल इन्फेक्शन र गर्भपतन रोक्नको लागि गाजर सेवन गर्न आवश्यक छ । यसैगरी गाजरले स्तनपान गराउने महिलाहरुमा दूध उत्पादनको मात्रा बढाउँछ । महिनावारीको दौरान हुने क्र्याम्पस र मीनोपोज हुने महिलाहरुका लागि गाजर उपयुक्त हुन्छ ।

    कपाल झर्न रोक्छः कपाल झर्न सुरु भयो भने गाजरको सेवन गर्नुस् । यसले कपाल बढाउने र झर्ने समस्या रोक्न मद्दत गर्छ ।

    त्यस्तै, गाजरका अन्य फाइदाहरु पनि हुन्छ । यसले आँखाको ज्योती बढाउँछ । गाजरमा प्रोटीनको मात्रा बढी हुने भएकाले यसको जूस फाइदाजनक मानिन्छ । यसमा भएको क्याल्शियमले हड्डीहरु मजबुत बनाउँछ । उच्च रक्तचाप, कालेस्ट्रोल जस्ता समस्याहरु हुन दिँदैन । मुखको दुर्गन्ध, कालो मुसा आउन नदिने र अनुहारमा चमक पनि ल्याउँछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...