News Portal

गाजरले क्यान्सरदेखि विभिन्न रोगबाट बचाउँछ

हिमालीसंचार संवाददाता
३२८ पटक

गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन के पनि पाइन्छ ।

सामान्यत; सलादको रुपमा प्रयोग गरिने गाजरको प्रयोग गर्ने गरिन्छ । जसले मानव शरीरलाई थुप्रै रोगबाट बच्न मद्दत गर्छ ।

क्यान्सरसँग लड्नः गाजरमा हुने भिटामिन ए, सी र बी ६ ले स्तन क्याक्सर, फोक्सोको क्यान्सर जस्ता क्यान्सरबाट बचाउँछ ।

मुटुको रोगबाट बच्नः फाइबर र पोटाशियमले भरिएको गाजर खादाँ मुटु पनि स्वस्थ हुन्छ । यसले हाइपरटेन्शनबाट पनि बचाउँछ । रक्तचाप सन्तुलन राख्न र हृदयघातबाट बच्नको लागि गाजर खानुपर्छ ।

तौल कम गर्नः यदि तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खानामा गाजर पनि सामेल गराउनुस् । तौल घटाउनको लागि गाजर बरदान साबित हुनसक्छ । गाजरमा क्यालोरीको मात्रा कम हुने भएकाले तौल कम गर्न गाजर खाने गर्नुपर्छ । गाजरबाट भिटामिन सी धेरै पाइने भएकाले तौल नियन्त्रण गर्न लाभदायी हुन्छ । त्यसको लागि गाजरलाई तरकारी वा सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी गाजरमा मिनरल्सको मात्रा पनि उत्तिकै हुने भएकाले यसले हाइड्रोजन नियन्त्रण गर्छ । त्यसैगरी, गाजरको सेवन गर्दा इलेक्ट्रोलायट लेवल नियन्त्रण हुन्छ ।

जवान देखिनः गाजरमा हुने भिटामिन सीले कोशिकाहरुलाई छिटटै मर्न दिदैँन जसले गर्दा लामो समय जवान देखिन मद्दत गर्छ ।

गर्भपतन रोक्नः फिटल इन्फेक्शन र गर्भपतन रोक्नको लागि गाजर सेवन गर्न आवश्यक छ । यसैगरी गाजरले स्तनपान गराउने महिलाहरुमा दूध उत्पादनको मात्रा बढाउँछ । महिनावारीको दौरान हुने क्र्याम्पस र मीनोपोज हुने महिलाहरुका लागि गाजर उपयुक्त हुन्छ ।

कपाल झर्न रोक्छः कपाल झर्न सुरु भयो भने गाजरको सेवन गर्नुस् । यसले कपाल बढाउने र झर्ने समस्या रोक्न मद्दत गर्छ ।

त्यस्तै, गाजरका अन्य फाइदाहरु पनि हुन्छ । यसले आँखाको ज्योती बढाउँछ । गाजरमा प्रोटीनको मात्रा बढी हुने भएकाले यसको जूस फाइदाजनक मानिन्छ । यसमा भएको क्याल्शियमले हड्डीहरु मजबुत बनाउँछ । उच्च रक्तचाप, कालेस्ट्रोल जस्ता समस्याहरु हुन दिँदैन । मुखको दुर्गन्ध, कालो मुसा आउन नदिने र अनुहारमा चमक पनि ल्याउँछ ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...