News Portal

तपाईको भान्सामा पाइने दालचिनीको यस्तो छ औषधिय गुण

हिमालीसंचार संवाददाता
३२२ पटक

कोरोना महामारीसँगै मानिसहरुमा स्वास्थ्यप्रतिको सचेतना बढेको पाइन्छ । रोग लाग्नै नदिन र रोग लागि हालेपनी निको पार्न विभिन्न उपाएहरुको खोजी हुनु नौलो कुरो होइन । नेपालमा अत्यधिक मात्रामा औषधिय गुण भएका जडिबुटी र खानेकुरा पाइन्छ । यस्तै एउटा खानेकुरा हो-दालचिनी । हरेक मानिसको भान्सामा गरम मसलाको रूपमा दालचिनी प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो ।

दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ । के के औषधीय गुण छ त दालचिनीमा ?

१. आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै रोगीलाई खानाअघि दिनहु दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा कमी हुन्छ ।

२. नियमित दालचिनीको सेवनले कपाल झर्न रोक्दछ ।

३. दाँतको दुखाइमा राहत पाउन पनि दालचिनीको सेवन गर्न सकिन्छ ।

४. दालचिनीको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

५. आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ ।

६. यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ ।

७. दालचिनीले रगतको क्यान्सर र ’लिम्फोमा’ क्यान्सर कोषको वृद्घलिाई कम गर्छ ।

८. दालचिनीको सेवनले रुघा समेत कम हुन्छ ।

९. वीर्यको गुणस्तर बढाउँन पनि दालचिनीको सेवन लाभदायी हुन्छ ।

१०. रोग प्रतिरोधक क्षमता बढाउँन र तौल घटाउँन पनि यसको सेवन लाभदायी हुन्छ ।

११. दालचिनीले पाचक रसको स्रावलाई समेत उत्तेजित गर्छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...