News Portal

  • नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

    हिमालीसंचार संवाददाता
    २१६ पटक

    काठमाडौं – सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।

    नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् ।

    आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

    २०७८ चैत १७ मा धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियताअनुसार विश्वराज अरु प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुरा भएको छ ।

    आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन् । बरियताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए । 

    २०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिवेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डीआईजी भएर सिंहले मधेश प्रदेश कार्यालय र केन्द्रीय अुनसन्धान व्यूरोको कमाण्ड गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...