केशव स्थापितलाई महिला पुनस्थापना केन्द्र (ओरेक) द्वारा कारबाहीको माग

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बनेका केशव स्थापितलाई विभिन्न ४५ वटा संघ संस्थाले (ओरेक) द्वारा कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्।
एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता एक युवतीमाथि आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेका स्थापितलाई कारबाही गर्न माग गर्दै ४५ वटा स्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन्।
सार्वजनिक स्थानमा महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्ने, असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनेलाई पार्टीले तुरून्त कारबाही गरी मेयर पदमा दिएको उम्मेदवारी रद्द गर्नुपर्ने उनीहरूले विज्ञप्तिमा भनेका छन्।
स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाको ठहर छ ।
‘मी टू’ आरोप लागेका स्थापितले आरोपबाारे बचाउँ गर्दै आक्रमक प्रतिक्रिया दिँदै आएका छन्। सोही विषयमा प्रश्न गर्दा एक सार्वजनिक कार्यक्रम स्थलमा सम्बन्धित प्रश्नकर्तालाई अपमानजक शब्द प्रयोग गर्दै उनी जुरुक्कै उठेर जंगिएका थिए। तर केशव स्थापितको अभिव्यक्तिप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत बचाउ गर्दै ‘चुनाव आयो कि मिटु आउँछ भनेका थिए।
प्रेस विज्ञप्ति



















