News Portal

“काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने”

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था सुरू भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने व्यवस्था प्रक्रियालाई सहजीकरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसनमार्फत तोकिएको जरिवाना रकम तिरीसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए ।

कुमारी बैङ्कका डिजिटल बैङ्किङ प्रमुख अनिश ताम्राकारले  यो व्यवस्थाले नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

प्रतिकृया दिनुहोस्

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...