News Portal

खोटाङ : ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी

हिमालीसंचार संवाददाता
२३७ पटक

खोटाङ – खोटाङ जिल्लाका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि १ हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो ।

जिल्लाका १० जना अध्यक्षका लागि ४६ जना र १० उपाध्यक्षका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

जिल्लाका ७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडासदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको सूचना अधिकारी राईले बताए । 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...