News Portal

  • अस्पतालमा उपचाररत बिरामीले गरे आत्महत्या

    हिमालीसंचार संवाददाता
    १५० पटक

    पाल्पा – पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक जना बिरामीले अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हो।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घरनजिकै नालीमा लडेर घाइते भएका ४२ वर्षीय सोमैको अस्पतालमा उपचार भइरहेको थियो। श्रीमती र छोरीले अस्पतालमा कुर्न बसेका पनि थिए। तर मंगलबार राती अस्पतालको पाँचौं तलाबाट सोमैले हाम फालेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका थिए। नालीमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    छाउगोठमा सर्पले टोकेर कञ्चनपुरकी महिलाको मृत्यु

    कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु...

    एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

    लन्डन, असार २९ — एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्।...

    झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा लिला पाण्डे

    कुवेत, असार २९ — झापाली समाज कुवेतको छैठौं अधिवेशन ११ जुलाईमा सम्पन्न भएको छ। अधिवेशनबाट...

    काठमाडौं महानगरको २५ अर्बको बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५...

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...