News Portal

सरकारले कुरकुरे-लेज र मदिरा लगायतका खानेकुरा आयातमा रोक

हिमालीसंचार संवाददाता
१७७ पटक

काठमाडौं – सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयातमा रोक लगाएको हो ।

प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन्। यस्तै वैशाख १३ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने यो नियम लागू हुने छैन।

देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो।सरकारले मंगलबारबाट आयात गर्न रोक लगाएका सामानहरूमा खानेकुरादेखि गाडीसम्म छन्।

मंगलबार जारी सूचनाअनुसार अब असारसम्म कुरकुरे, लेज र मदिरामा समेत आयात गर्न पाइँदैन। त्यस्तै कुनै पनि प्रकारका तयारी मदिरा पनि नेपाल ल्याउन पाइने छैन।

सरकारले आयात रोकेका १० सामग्रीको सूचीः

१. कुरकुरे, लेज र यस्तै उत्पादनहरू

२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)

३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. छ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट 

६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)

८. दुई सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...