News Portal

स्थानीय तहमा सबैभन्दा धेरै उम्मेदवारी दिनेमा एमाले, माओवादीलाई राप्रपाले उछिन्यो

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौं – वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ ।  निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ ।

विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको आयोगले जनाएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । 

उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ ।  सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, वडाअध्यक्षमा एमालेबाट ६ हजार ४६८, काँग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३८५ र स्वतन्त्रबाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३१८, काँग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, काँग्रेसबाट ५ हजार ७३१, माओवादी केन्द्रबाट ३ हजार ८३५, राप्रपाबाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६७०, काँग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट ८ हजार ५३८ र राप्रपाबाट ४ हजार ६३० जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

सोहीअनुसार प्रमुख पदमा अन्यबाट १ हजार २९१, अन्यबाट अध्यक्षमा १ हजार २३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९१३, अन्यबाट वडा अध्यक्ष १२ हजार १८८, अन्यबाट महिला सदस्य ७ हजार ५५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १६०, अन्यबाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

आयोगका अनुसार विभिन्न पदमा गरि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।  

प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वड सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...