धादिङ– गंगाजमुनाका सञ्जीव गुरुङले वैदेशिक रोजगारमा पठाउने १० लाख ठगीधादिङ-वैदेशिक रोजगारमा पठाइदिने भनी धादिङ गंगा जमुना वडा नम्बर ३ बस्ने सञ्जीव गुरुङ १० लाख भन्दा माथि रकम उठाई फरार भएको छ।बिदेश पठाउने भन्दै कयौं युवा युवतीहरुबाट पैसा असुल गरेर फरार भएको छ। Simana international employment नामक म्यानपावरमा काम गर्दै आएको र क्रोएसिया पठाउने भन्दै धेरैको पैसा उठाएर अहिले सम्पर्क विहिन भएको छ।
म्यानपावरको लोगो चोरी गरी विदेशको विभिन्न ठाउँबाट डिमान्ड आएको छ भनेर नक्कली डिमान्ड बनाएर सामाजिक सञ्जाल पोष्ट गर्दै कयौं सोझा साझा युवा युवतीहरुलाई फसाएर पैसा असुल गरी मेनपावर छोडेर दुवही रहेको जानकारी पीडितहरुले बताए। वैदेशिक रोजगारमा ठगीने क्रम अझै पनि रोकिएको छैन। पीडितहरूले वैदेशिक रोजगार विभागमा आफूहरु ठगिएको जानकारी गराउनुको साथै पैसा तिरेको रसिदको बिल समेत देखाएर उजुरी गरेका छ।