News Portal

केपिलासगढी गाउँपालिकाको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
४३८ पटक

बाक्सिला –  खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिका बाक्सिलामा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।

आसन्न बैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई, नेकपा एमालेबाट कृष्णकुमार राई र गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका माइतीराज राईले उम्मेदवारी दर्ता गराएका छन्।

केपिलासगढी गाउँपालिका बाक्सिलामा नेपाली कांग्रेस बाहेकको गठबन्धन रहेको छ । नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसबाट राधा गिरी, नेकपा एमालेबाट मैया सुनुवार, गठबन्धनका जनता समाजवादीबाट गुरुराज राईले उम्मेदवारी दर्ता गराएका छन्।

केपिलासगढी गाउँपालिका बाक्सिलामा ७ वडा रहेको छ। यस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला र खुला सदस्य गरी १२६ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत राजकुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

तस्वीर- कालिकाप्रसाद रिमाल

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...