News Portal

केपिलासगढी गाउँपालिकाको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
३७९ पटक

बाक्सिला –  खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिका बाक्सिलामा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।

आसन्न बैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई, नेकपा एमालेबाट कृष्णकुमार राई र गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका माइतीराज राईले उम्मेदवारी दर्ता गराएका छन्।

केपिलासगढी गाउँपालिका बाक्सिलामा नेपाली कांग्रेस बाहेकको गठबन्धन रहेको छ । नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसबाट राधा गिरी, नेकपा एमालेबाट मैया सुनुवार, गठबन्धनका जनता समाजवादीबाट गुरुराज राईले उम्मेदवारी दर्ता गराएका छन्।

केपिलासगढी गाउँपालिका बाक्सिलामा ७ वडा रहेको छ। यस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला र खुला सदस्य गरी १२६ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत राजकुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

तस्वीर- कालिकाप्रसाद रिमाल

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...