News Portal

जन्तेढुंगामा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
२५५ पटक

खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राईको मनोनयन दर्ता भएको छ ।

यस्तै, जनता समाजवादीकातर्फबाट अध्यक्षमा देबेन्द्र श्रेष्ठ र उपाध्यक्षमा सिता राई, राप्रपाबाट भक्तबहादुर खड्काको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मानबहादुर मगरले बताए । ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कुल ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेका उम्मेदवारी राईद्धय २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका थिए । एमालेले उनीहरुलाई यसपल्ट पनि पुःन यथास्थानमा दोहोर्‍याएको हो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...