News Portal

अाँगनमा भाव यज्ञ

हिमाली संचार संवाददाता
१०५८ पटक

 – खगेन्द्र गिरि ‘कोपिला’

मृत्यु बाेकेर दैवकाे उडान थाहै नदिइ अायाे
लास बाेकेर बिदेशी विमान थाहै नदिइ अायाे

पाेहर साल अायाे सबै उज्यालाे निभाएर गयाे
याे साल के निभाउन तुफान थाहै नदिइ अायाे

घरबार लुट्न बाढी पिहराे हल्ला गर्दैइ अायाे
इज्जत लुट्न पापी शैतान थाहै नदिइ अायाे

यी पंक्तिहरु नमिता बरालकाे नवीनतम गजल सङ्ग्रह ‘अाँगन’बाट उद्दरण्  गरिएका हुन् । २०७५ भाद्रमा लोकार्पण  गरिएकाे ‘अाँगन’ यस्तै यस्तै अठासी अाेटा भावप्रधान अर्थमय गजलहरुले सङ्ग्रह हाे । पाेखरामा जन्मिएर बाँकेकाे काेहलपुरलाइ कर्मथलाे बनाएकी नमिता बराल नबोदित  पिढींमा राम्राे संभावना बाेकेकी स्रष्टामा गनिन्छिन । उनकाे प्रथम सिर्जनाकृति ‘अाँगन’ ले उनमा बिद्यमान सिर्जनसिलता र शब्द सिङार्ने कलालाइ सशक्त किसिमले उजागर गरेकाे छ ।

अाजभाेिल धेरै किताब निस्कने  बिधामा संभवतः गजल नै पर्छ । प्रायः साहित्यिक कार्यक्रम र पत्रपत्रीकाका पाना पनि गजलले नै रंगियका  देखिन्छ्न । गजलका शब्दलाइ कानले टिप्न र भावलाइ मनले ठम्याउनै नसिकने गरी समकािलन साहित्यमा गजलको चर्को बिज्ञापन देखिन्छ। अचेल सर्बत्र गजलकाे भीड, हाेहल्ला, चहलपहल र चकाचाैध छ भन्दा फरक नहाेला । कुनै पनि कुरालाइ भीड र बिज्ञापनले गाँज्याे भने त्यसकाे गुणात्मकता हराउँछ भन्ने तथ्य गजलमा पनि लागु हुन थालेकाे छ । भीड र हल्लाले गजलकाे मर्म र अाेज हराउन थाल्याे भनेर समालाेचकहरु चिन्ता पनि प्रकट गर्न थालिसकेका छ्न ।  तैपिन भीडमैं भीमकाे पहिचान हुन्छ भने जस्तै गरी यही भीड र यही हाेहल्लाकाे बीचमा पनि केही स्रष्टाहरुले गजलमा काव्यकाे सुगन्ध पस्किने भरमग्दूर प्रयत्न गरिरहेका छन् । नमिता बराल गजलकाे भीडमा पनि अाफ्नाे श्रेष्ठता कायम गर्न सक्षम सिर्जनाकार हुन् । उनकाे साहित्यिक अठाेटकाे गजलीय प्रकृति हेराैंः

चाहन्छु यी पैतालामा समयकाे लगाम नहाेस्
जिन्दगी कहिल्यै पनि तकिदरकाे गुलाम नहाेस्

पचास र साठीकाे दशकमा श्रेष्ठ प्रिया पत्थर, शीतल कादिम्बनी, बिष्णुमाया बिभु, साधना प्रतीक्षा जस्ता नारी स्रष्टाहरुले अा-अाफ्नाे किसिमले खनजाेत गरेकाे नेपाली गजलकाे खेतबारीमा अाज धेरै उर्जावान् र प्रतिभा सम्पन्न नारी स्रष्टाहरु अाफ्नाे पृथक भावभंिगमा र शिल्प प्रदर्सन  गरी सिर्जनाकाे फसल रोपिरहेका छन् । अमला अधिकारी, अनुपमा करारा, सुधा शाही, नयन अधिकारी, सुमन स्मारिका, अन्जु स्मारिका, दुर्गा जाेशी, संगीता थापा जस्ता स्रष्टाहरु अाफ्नाे अाेजस्वि बाणि र काव्य सौन्दर्यका साथ गजल साहित्यमा अाफ्नाे उँचाइ बनाइरहेकी नारी हस्ताक्षर हुन् । त्यही लहरमा उभिन अाइपुगेकी नबोदित स्रष्टा हुन नमिता बराल ।

साहित्य यस्तो  क्षेत्र हाे जहाँ अगाडि  वा पछाडी  प्रवेश गर्नुको  अर्थ रहँदैन । पुरानाे वा नयाँ स्रष्टा हुनुकाे चिनारी पनि यहाँ तेति युक्ति संगत हुँदैन । प्रतिभाकाे गाम्भीयता, नैसर्गिक  उर्जा र भावकाे बाेधगम्यताले नै साहित्यमा कुनै पनि ब्यक्तिलाइ चिनाउने गर्छ।नमिता बराल पनि उनकाे उमेर, साहित्यमा प्रवेश गरकाे तिथिमिती र पुस्तक प्रकाशन हुनु—नहुनुका कारणले भन्दा पनि  उनका अर्थपुर्ण  र भावमय सिर्जनाका कारणले पृथक चिनारी बनाएकी स्रष्टा हुन् । साहित्यमा उनकाे उपस्थिति टाढैबाट चिनिन्छ। उनका गजल र सिर्जनाका स्वर टाढैबाट सुनिन्छ्न। उदाहरण उनकै गजलांश हुन्ः

भाेक कस्तो चिज रहेछ खायाे सकियो
हेर्नुहोस याे तृष्णा  पनि अघायाे सकियो

ब्युझेकाले जिन्दगीलाइ उल्था गरिदिय
जिन्दगी के नै रहेछ र? निदायाे सकियो !

सधैं सुनिरहेकाे र पढिरहेकाे कुनै कुरा जब फरक र मीठाे गरी सुनिन्छ र पढिन्छ सािहित्यक अभिब्यक्त्तित्व त्यसैलाइ भनिन्छ। भीडकाे भाषा वा हाेहल्लाकाे पदावली साहित्य  हुन सक्दैन । उनै कुरा वा उनै विषयहरु साहित्यकारकाे कलमबाट लेखिदा, बाणिबाट प्रकट हुँदा त्याे मिठाे, अरुकाे भन्दा फरक, अर्थपुर्ण र अाेजि:वताका साथ सुनिनु पर्छ । यद्यपि  नमिता बरालले गजल भनेर लेखेका र साहित्य  भनेर पस्केका कुराहरु उनै हुन्,विषय पनि उनै हुन् । सदा सुनियका , सदा देखियका र सदा भोगियका कुराहरु नै उनले अाफ्ना गजलकाे विषयक बनाएकी छन् । उनकाे प्रस्तुति , शैली र अभिब्यक्त्तित्वकाे तरिकाले ती दैनिन्दनी विषयहरु पहिलाेपल्ट बोलिएकाे बाणि जस्तो बन्न पुगेका छन् । सिर्जनाकारकाे शक्त्ती  र सामथ्य भनेकाे बास्तबमा  सुललित उद्गार हाे ।

‘अाँगन’ लाइ नमिता बरालले विविध भावहरुकाे फुलबारी जस्तै बनाएकी छन् । बिचार, विषय र सन्दर्भहरुका विविध  अभिब्यक्त्तिहरुले सङ्ग्रह सुसज्जित छ । अठासी अाेटा गजलमा रहेका साढे चारसय जति पंक्तिहरु सबैजसाे विषयसापेक्ष , वाचाल र प्रतीकात्मक छन् । शब्द चयनकाे कला र भावकाे कतुहलतालाइ हेरेर टिपाैं भने पनि सटीक र प्रभावशाली युग्मपङ्िक्तकाे शुचि लामै हुन्छ । कविता  वा गजलकाे एउटै पङ्िक्तले कबिकाे ओजिलो परिचय बन्न सक्छ भने यस सङ्ग्रमा त थुप्रै श्रुतिमधुर पङ्िक्तहरु भेट्न सिकन्छ । गजलकाे काेणबाट नियाल्दा ‘अाँगन’मा थुप्रै गहन शेर भेटिन्छन्ः

गरिबले  गरिबलाइ प्रहार गर्नुमा के मजा?
प्रहारकाे मजा लिन पनि धनी राेजेकी हुँ

अाउनुहाेस् याे मुटु चिथाेरेर जानुस्
अाजकाल दुख्दैन मलाई पीडाले पनि

साँच्चै मुक्त हाेलान र घाटमा जलेका लासहरु
बग्न त बग्छन् यी नदीहरु पनि खरानी बाेकेर

उज्यालाे राख्छु मात्र मलाई कहिल्यै भनेन
दियाेले हेर अाफन्त पराइ कहिल्यै भनेन

मन त थियाे निदाउने अाँचल राखेर सिरानीमा
भाग्यले पठाइिदयाे राइफल राखेर सिरानीमा

मेरा खुसी हाँ:दैनन् यी सबैसबै चेहरा
हेर्नुहोस काेही हुँदैन रैछ परिवार भन्दा माथि

याे भाग्यले खानु पर्ने सबै चिज खाइसक्याे
याे शिररले खानलाइ अझै हण्डर खान बाँकी छ

मिर्मिरेमैं दरिद्र  जिन्दगीले ब्युझाउँछ
ठुलाठुला सपना सिरानीमा सकिन्छन्

केके पाठ पढाइयाे अनि हतियार बाेकाइयाे
भाइ कसरी भाे दाइकाे हत्यारा बुझ्नु थियाे

भएकाहरुले महल बनाए गएकाहरुले परदेश
म कसलाइ गुहारुँ कसले मेराे मुलुक बनाइदिन्छ

दुइचार खुड्किलाहरु उक्लेर हेर्नू तिमिले
उभिने छ दुिनयाँ तिम्रो प्रगितकाे विरुद्धमा

दर्जनौ सपना बाेकी खाडी पुग्याे छाेराे
निदाएछ उतै सपनाहरु परेलीमा राखेर

सामािजक जीवनमा मानिसहरु अाँगनलाइ सपना र रहरहरुले सिङार्छन नमिताले  अाफ्नाे सिर्जनाकाे अाँगनलाइ भावकाे यज्ञ गरेर िसंगारेकी छन् । जीवनका अनेक पाटाहरुलाइ गजलमा ढाल्ने उनकाे कला प्रशंसनिय छ । गजल केवल मनाेरंजनकाे माध्यम मात्र हाे भन्नेहरुका लागि याे सङ्ग्रह गतिलो उत्तर बन्न सक्छ । मायापिरतिका घाेचपेच र गुनासाे पाेख्दै रमाइरहेका गजलकारकाे भीडमा नमिताका गजल निक्कै  स्तरिय देखिन्छन् । कबिताको उपल्लाे स्तरसंग दाँजिन सक्ने उक्त्तिविचित्रता भेटिन्छ याे सङ्ग्रहमा । नेपाली साहित्यका राम्रा र स्तरिय गजल सङ्ग्रहकाे लहरमा निसंकोच उभ्याउन सकिन्छ यसलाइ।

यद्यिप कबितामय भावकाे सौन्दर्यले अाेतप्राेत हुँदाहुँदै पनि यस सङ्ग्रहमा खाेट लगाउने ठाउँ हुँदै नभएकाे भने हाेइन । लयात्मकता र बर्ण बिन्यासका मापदण्डहरुकाे पालना गर्न सङ्ग्रह केही ठाउँमा चुकेकाे छ । भाषा र व्याकरण पट्टि  प्रयाप्त  ध्यान नदिएका अनेक उदाहरण पनि भेटिन्छन् । गजलका दुइअाेटा पंक्ति  अन्तरसम्बन्धलाइ बलियो बनाउने चमत्कारिताकाे कतैकतै अभाव पनि देखिन्छ तर यस्ता कमजाेरीहरु सङ्ग्रहकाे वैचारिक सघनताकाे अगाडी  ओझेल  परेका छन् । बास्तबमा सिर्जनाकाे पूर्णता सिर्जनाकै अनुभुतिजन्य प्रभावकारितामा निहित हुन्छ । गजलकाे अाँगनमा भाव यज्ञ गदै गजलकै गमला सजाइरहेकी कवियत्रीलाइ यस कुराकाे हेक्का छ भन्ने कुराका प्रमाण पनि उनैका गजल हुन् ।

शिरकाे अाकाश पैतालाकाे माटाे हराएपछि
कसरी हिड्ला याे दुिनयाँ बाटाे हराएपछि

कि त महत्व हुँदाेरहेछ कुनै रङ्गकाे जिन्दगीमा
हरेक रङ्गहरु बेरङ्ग हुनेछन् राताे हराएपछि।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...