News Portal

  • एमालेले दोलखाका सबै पालिकामा गरायो उम्मेदवारी दर्ता

    हिमालीसंचार संवाददाता
    १४४ पटक

    दोलखा – नेकपा एमाले दोलखाले जिल्लाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गराएको छ । भीमेश्वर नगरपालिकामा एमालेबाट हरिवंश चौलागाईं प्रमुख र कमला बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । एमाले चरिकोट सातदोबाटोबाट बाजागाजासहित र्‍याली निकालेर मनोनयन दर्तामा गएको थियो ।

    जिरीमा एमालेका मित्र जिरेल प्रमुख र कृष्णमाया बुढाथोकीले मनोनयन दर्ता गराएका छन् । बैत्यश्वर गाउँपालिकामा प्रमुखमा माधवप्रसाद घिमिरे र उपप्रमुखमा नविना लामाले उम्मेदवारी दर्ता गराएका छन् । 

    गौरीशंकरमा जंग गुरुङ र मुना शिवाकोटी, विगूमा अच्युतम कटुवाल र देविका थामी, कालिञ्चोकमा गणेश शिवाकोटी र कविता थामी तामाकोसीमा अभिषेक सुवेदी र अम्बिका पोखरेलले उमेदवारी मनोनयन दर्ता गराएका छन् ।

    यस्तै, मेलुङ गाउँपालिकामा एमालेका हिराकुमार थोकर र गायत्री आर्चायले प्रमुख र उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् । 

    सत्ता गठबन्धनका दलहरूले भने सोमबार मात्र मनोनय दर्ता गर्ने बताएका छन् । गठबन्धनमा नेपाली कांग्रेसले ४ माओवादीले ३ र नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...