News Portal

कैलालीको सुकुम्बासी बस्तीमा आगलागी, ७३ घरधुरी सखाप

हिमालीसंचार संवाददाता
१७३ पटक

धनगढी – कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको वडाअध्यक्ष डबल प्रसाद चौधरीले बताए।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। ‘‘हालसम्म मानविय क्षति भएको छैन, गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन’’ उनले भने। गहुँको नलबाट शुरु भएको आगोले मुक्तकमैयाका ७३ घर जले आगो नियन्त्रणमा आएको छैन। स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्। तर आगो भने नियन्त्रणमा आएको छैन।

गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...