News Portal

ताप्लेजुङका मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ

हिमालीसंचार संवाददाता
१७९ पटक

ताप्लेजुङ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङ जिल्ला मालपोत कार्यालयका अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारले झापा बुद्ध शान्ति गाउँपालिका-२ घर भई हाल मालपोत कार्यालय ताप्लेजुङ निवास बस्ने ४९ वर्षीया लेखा पनेरू महतलाई अख्तियारले पक्राउ गरेको हो। 

उनलाई अख्तियारले आइतबार फुङलिङ नगरपालिका-४ कोप्चेबाट पक्राउ गरेको हो। उनी २०५७ भदौ २ गते सेवामा प्रवेश गरेकी थिइन् । उनीबाट एक लाख ५० हजार घुस रकम बरामद भएको अख्तियारले जनाएको छ।

ससुरा बुवा र ससुरा बाजेको नाममा रहेको फक्ताङलुङ गाउँपालिका-७ मा रहेको विभिन्न कित्ताका जग्गाहरू अंशियारबीच भागभण्डा भएको थियो। 

ससुरा धर्के शेर्पाको नामबाट दाखिल खारेज गरी सेवाग्राहीको नाममा दर्ता कायम गर्न जाँदा मालपोत अधिकृत लेखा पनेरू महतले त्यसबापत एक लाख ५० हजार घुस माग गरेकी थिइन्। सो घुस रकम लिइसकेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...