News Portal

एक हप्ताभित्र ग्यास सप्लाईमा सामान्य हुने- चन्द्र थापा

ग्यास बिक्रेता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा

हिमालीसंचार संवाददाता
४८९ पटक

काठमाडौं – युक्रेन माथि रुसको आक्रमण सगै अन्तर्राष्ट्रिय वजारमा कच्चा तेलको मूल्य दिन दिनै चुलिदै जादा खाना पकाउने ग्यास लगाएत पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वढेको छ। र त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ।यसै क्रममा डिजेलको अत्यधिक मुल्य वृद्धिले पहिलेकै ढुवानी भाडामा उधोगीले ग्यास उठाउन नसक्दा केही दिनग्यास उठेन।जसको असर आज सम्म परिरहेको छ। खाना पकाउने ग्यास एक दुई दिन मात्रै आपूर्ति भएन भने पनि त्यसको असर महिना दिन सम्म पर्न जान्छ। नेपाल आयल निगम र ग्यास उधोगी संग हाल भैरहेको अभाव र उत्पन्न तनावसंग सम्बन्धित रहेर भइरहेको र छलफलमाआपूर्ति बढाएका छाै भनेर  हिमाली संचार डटकमसँग कुरा गर्दै  ग्यास बिक्रेता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले भने।

आतिनु पर्दैन पाँच छ दिनमै नर्मल हुन्छ निगमको भनाई छ तर आपूर्ति वढे पनि ग्यास नर्मल हुन सकिरहेको छैन,यसको अर्को कारण भनेको ग्यास आउदैन कि,विगतको जस्तै सास्ती वेहोर्नु पर्छ कि भनेर केही उपभोक्ता आफूसंग घरमा भएका चार पाँच खालि सिलिन्डरहरु फरक फरक परिवार सदस्यको नाउँबाट लिन खोज्दा एउटा मात्रै सिलिन्डर हुने उपभोक्ताले ग्यास सकिने बित्तिकै ग्यास नपाएको अवस्था छ।

त्यस्तै सबै कम्पनीको ग्यास समानुपातिक ढंगले आएको पनि छैन।कुनै कम्पनीको ग्यास आएको छ त कुनै कम्पनीको ग्यास आएको छैन। किन यस्तो भईरहेको छ ? प्रज्वलनशिल पदार्थ ग्यास धेरै स्टक राख्न पनि हुदैन। जाडो याममा भन्दा आजकल ग्यासको खपत कम हुने समय हो,आपूर्ति सहज छ। ग्यास पाउदैन कि भनेर आतिन पर्दैन, समानुपातिक रुपमा सबै ठाउहरुमा सबै कम्पनीको ग्यास नियमित आउनु र पाउनु पर्छ हप्ता दिन भित्र मै ग्यास नर्मल हुन्छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...