News Portal

सशस्त्र प्रहरी बल रंगेलीद्वारा ठुलो परिमाणमा सामाग्री बरामद

हिमालीसंचार संवाददाता
१७९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ६ स्थित मधुवनी चोक नजिकबाट सशस्त्र प्रहरी बिओपिको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीले प्र.१-०४-००१ च ०३६० नं. को महेन्द्रा पिकअप भ्यानलाई शंका लागि रोक्न खोज्दा सवारी चालक सवारी छोडी भागेको थिए। उक्त सवारी साधनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रहरीले ठुलो मात्रामा सामान बरामद गरेको हो । 

सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा साईकलमा प्रयोग हुने सबै प्रकारको सामाग्री, सिफन साडी, भेल्बेट साडी, मेल्बेट सिफन साडी, नाईक जुत्ता, कार्पेट, प्लाष्टिकको प्लेट तथा कचौरा, एयर मोटर टेण्ट तथा पालको सामाग्री लगायत विभिन्न प्रकारको सामाग्री बरामद गरिएको थियो ।

प्रहरीले करिब २२ लाख ५ हजार  ७ सय ३५ रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको उक्त सामाग्री विराटनगर स्थित भंसार कार्यालयमा बुझाएको बिओपि रंगेलीका प्रमुख कमल बहादुर अधिकारीले हिमालीसंचारडटकमसंक बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...