News Portal

असल राजनीतिक संस्कारको जगमा रहेर गठबन्धले उम्मेदवारी तय गर्नुपर्छ – चन्द्र थापा

हिमालीसंचार संवाददाता
४०६ पटक

धादिङ – स्थानीय चुनाव नजिकै गर्दा अझैपनि धादिङ जिल्लामा गठबन्धन दलहरुले उम्मेदवार छनौट गर्न सकेको छैनन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य तथा धादिङ काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष चन्द्र थापा हिमाली संचार डटकमसँग कुरा गर्दै चन्द्र थापा भन्छन्। स्थानीय निकायमा गठबन्धनलाई बलियो जरुरी छ। पालिकाकाे अध्यक्षकाे लागि गाउँमा बसेर काम गरेकाे व्यक्तिलाई नै पालिका अध्यक्ष बनाउनु पर्छ भनेर भने। स्थानीय तहमा बसेकाे व्यक्तिलाई नै पहिलो प्रायोजित दिनुपर्छ भन्ने।३६५ दिनमा १० दिनमात्र गाउँमा गएर बसने व्यक्तिलाई कसरी अध्यक्ष बनाउने भनेर उनले भने ।चुनावी तालमेल स्थानिय तहको अवस्था र आवश्यकताबाट हुने हुदा यसको निर्णय पनि स्थानिय तहमा नै निहित हुन्छ।

स्थानीय निकायमा बसेर काम गर्ने व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ पर्छ भन्ने मेराे मान्यता छ भनेर भने। चुनावमा भाग लिएँ देखि नै चुनाव जितनेसम राजनीति संस्कार राम्रो हुनुपर्छ र त्यस्तो व्यक्तिलाई नै स्थानीय गठबन्धनमा अगाडि बढ्नुपर्छ भन्ने। केन्द्रको निर्णयलाई जिल्ला तह स्थानीय तह देखिन् सबैले मनन गर्नु पर्दछ। अहिलेको आवश्यकता भनेको गठबन्धन नै हो भनेर प्रस्ट पारे।

पालिकामा उपयुक्त पात्र छनाैट गर्नको लागि मतदाताहरुलाई चुनावअघिमा नै गठबन्धनको बारेमा जनतालाई जानकारी दिनु पर्ने र गठबन्धनलाई भाेट कसरी दिने भने बारे समेत जनतालाई जानकारी दिन जरुरी छ।
स्थानीय निकायको चुनावमा सकभर स्वदेश तथा विदेशबाट स्थानीय तहको निर्वाचनमा भोट हाल्न अाउन सबैमा आग्रहसमेत गरे।
गठवन्धन को उम्मेदवार लाई भोट कसरी दिने भन्ने विषयमा मतदाताको घर घरमा गई बुझाउनु पर्छ।हामीले विपक्षी पार्टी र उम्मेदवार को विरोध गरेर हैन कि त्यहाँको विकास निर्माणमा उल्लेखनीय काम गरेर जनताको मन जित्नु पर्छ।

गाउँपालिकाको अध्यक्षमा आकर्षित भएका साथीहरुलाई गठबन्धनले सही निर्णय लिन नसक्दा चुनाव प्रचार प्रसारका लागि अल्मलिएका छन्।गठबन्धनले छिटोभन्दा छिटो निर्णय गर्न गराेस र गठबन्धनको निर्णयले नै अगाडि अगाडि बढ्न सकिन्छ।गंगाजमुना गाउँपालिकाबाट चुनाव जितेपछि पालिकाको अध्यक्षले आफ्नो भिजन र गगाजमुना गाउँपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे जनता सामु प्रष्ट हुन जरुरी छ।
कृषिलाई पहिलो प्रथमिकता दिएर अगाडि बढ्न जरुरी छ। कसैलाई कृषि मुख्य रहलान्। कसैलाई पुर्वाधार, कसैलाई पशुपालन, कसैलाई पर्यटन, कसैलाई शिक्षा र स्वास्थ्य त कुनैले रोजगारी सृजना र औद्याेगिक विकासलाइ प्राथमिकतामा राख्लान्।कसैले रणनीतिक क्षेत्रमा लगानी गर्ने साेच बनाउलान् त कसैलाई गाउँठाउँको सुन्दरता प्रति चिन्ता रहला ।  अर्थात् प्रत्येक पालिकाका सम्भावना र आवश्यकता आफ्नै हुन्छन्।

यसको मतलब पालिका प्रमुखसंग फरक-फरक आवश्यकता र सपनाहरु बुझ्ने सामर्थ्य हुनैपर्छ । सँगै यी सबै कामहरू गर्न गराउन प्रयाप्त श्रोत साधन नहुन पनि सक्छन् तर उब्जाउनुपर्छ र समस्यालाई समाधान अनि आवश्यकतालाई आविष्कारको रुपमा लिन सक्ने सामर्थ्य हुनुपर्छ। व्यवसायीहरुलाई कसरी व्यवसायमा अगाडि बढाउन सकिन्छ त्यो बारे विस्तृत रूपमा छलफल गरी व्यापार व्यवसाय अगाडी बढाउनलाई छलफल गर्ने।स्थानीय व्यक्तिहरुलाई आत्मनिर्भर गर्नको लागि व उन्नत तरिकाले कृषि खेती गर्न आवश्यक छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...