आज : २०२६-०९-२१, सोमबार

कतारमा बन्दी जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

सन्तोष गिरी/दोहा – इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

क्षमादान पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३ जना, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका नेपाली रहेको दूतावासले जनाएको छ।