News Portal

  • खोटाङका पत्रकार गिरी लिखत सम्बन्धी कसुरमा पक्राउ

    हिमालीसंचार संवाददाता
    २९५ पटक

    खोटाङ – खोटाङ जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्बन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ । अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण विभागमा अनलाईन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    हलेसीपार्टी डटकम नामक अनलाइन दर्ता गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए । तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि निजलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

    काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पत्रकार गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले विज्ञाप्तिमार्फत जानकारी दिएका छन् । 

    पत्रकार गिरीलाई जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमति लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार ३० गतेको राशिफल

    आज असार ३०, २०८२ (जुलाई १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...