News Portal

खोटाङका पत्रकार गिरी लिखत सम्बन्धी कसुरमा पक्राउ

हिमालीसंचार संवाददाता
३५६ पटक

खोटाङ – खोटाङ जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्बन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ । अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण विभागमा अनलाईन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

हलेसीपार्टी डटकम नामक अनलाइन दर्ता गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए । तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि निजलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पत्रकार गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले विज्ञाप्तिमार्फत जानकारी दिएका छन् । 

पत्रकार गिरीलाई जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमति लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...