News Portal

फ्लाई दुबईको लुट : मृत्यु भइसकेको मानिसको पनि टिकट क्यान्सील गर्न मान्दैन

९६३ पटक

बैदेशिक रोजागरीमा जाने नेपालीहरुलाई एयरलायन्स कम्पनीहरुले कतिसम्म हेप्छन् त्यसको एक उदाहरण फ्लाई दुवईले दिएको छ । जोडनमा काम गर्दै अएका उदयपुर कटारीका शिवकुमार श्रेष्ठ र उनकी श्रीमती कोपाली बरालले जोर्डन जान अक्टोबर ५ तारिखको टिकट काटे ।

तर बिदेश नजादै सेप्टेम्बर ३० मा कोपिलाको निधन भयो । यस अघि जोडनमै दुर्घटनामा परेकी उनि नेपाल आएको बेलासमेत उपचार गराईरहेकी थिईन् । २० लाख बराबरको आफ्नो कम्पनीले दिने पैसा लिन उनि श्रीमानसँग जोडन जादै थिईन् । टिकटको दिन भन्दा ५ दिन अघि उन्को मृत्यु भयो ।

श्रीमतीको मृत्यु भएपछि उनकी श्रीमान शिवकुमार श्रेष्ठले फ्लाई दुवईको टिकट क्यान्सील गरे । १ लाख ४७ हजार बराबरको राउण्ड टिकटको पैसा फिर्ता लिन उन्ले श्रीमतीको मृत्यु प्रमाणपत्रसहित आवश्यक सबै डकुमेन्ट एयरलायन्सलाई पठाए । तर फ्लाई दुबईमा कार्यरत डोल्मा नामक कर्मचारीले उनिहरुले पैसा फिर्ता नपाउने भनेपछि उनलाई सहयोग गर्ने व्यक्ति हाम्रो कार्यालय आए ।

हामीले पनि कार्यालय बाटै यस विषयमा बुझ्न फ्लाई दुवईको कार्यालयमा सम्पर्क गर्‍यौ। डोल्मा बिदामा रहेको भन्दै शुरुमा त एयरलायन्सका कर्मचारी राम्ररी कुरा पनि गर्न मानेनन् । तर पछि एक जना महिलाले आफुहरुले पुन फ्लाई दुबईको केन्द्रीय कार्यालयमा इमेल पठाउने र टिकटको पैसा फिर्ता पाउने नपाउने बिषयमा परिवारलाई जानकारी गराउने बताईन् ।

यात्रा गर्नु पूर्व कुनै पनि यात्रुको मृत्यु भएमा टिकटको पैसा फिर्ता गर्नु पर्ने अन्तराष्ट्रिय नियम नै छ । तर बैदेशिक रोजगारीमा जाने सोझा साझा नेपालीहरुलाई भने फ्लाई दुबई जस्ता एयरलायन्स कम्पनीले दुख दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...