News Portal

पल शाह प्रकरण : नाबालिगका बाबुले पनि बयान फेरे

हिमालीसंचार संवाददाता
१९८ पटक

तनहुँ – अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्दै बयान फेरेको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरले बताए ।

‘उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्’, श्रेस्तेदार कुंवरले भने, ‘पहिलाको भन्दा विपरीत बयान दिँदै नाबालिगका बुबाले जबर्जस्ती करणी भएको रहेनछ, मैले बल्ल थापा पाएँ, अरुको उत्साहटमा जाहेरी दिएको भनेका छन् ।’

यस्तै, नाबालिग पीडितले बकपत्रमा बयान फेरेपछि उनका बाबुले पनि ‘होस्टाइल’ भई बकपत्रका क्रममा जबर्जस्ती करणी नभएको भनेर बयान दिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले बताए । पीडितका बाबुलाई उद्धृत गर्दै उनले भने, ‘मैले केही देखिनँ, व्यहोरा त्यतिबेला मैले सुनेर दिएँ अहिले बुझ्दा होइन कि जस्तो लाग्छ भन्नुभयो ।’

यद्यपि उक्त बयानले मात्रै प्रतिवादी छुट्ने आधार बन्न नसक्ने कानुन व्यवसायीहरू बताउँछन् । यसअघि गत आइतबार पीडित नाबालिगले पनि बयान फेरेकी थिइन् । आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको पीडितको बयान थियो ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै गत फागुन ११ गते उनका बुबाले प्रहरी कार्यालय तनहुँमा अभिनेता शाहबिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएको ५ दिनपछि प्रहरीको सम्पर्कमा आएका शाहलाई अनुसन्धानको लागि तीन पटक जिल्ला अदालतबाट म्याद थप भएको थियो ।

गत चैत १० गते जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । शाहविरुद्ध नाबालिगले गत फागुन १६ गते नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दामा पनि नवलपरासी अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ । अभिनेता शाहलाई बुधबार नवलपुर अदालत लगिने भएको छ । तनहुँ जिल्ला अदलतमा वैशाख १९ गते पेसी रहेको अदालतका श्रेस्तेदार कुंवरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...