आज : २०२६-०९-२१, सोमबार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले उक्त आदेश दिएको हो। सर्वोच्चले दिएको आदेश गरेसँगै उनी भोलिदेखि काममा फर्कने भएका छन्।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।